इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग
तेहरान । गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनको मृत्युपछि राजधानी तेहरानलगायत देशभर तीब्र प्रदर्शन भएका छन् । सरकारले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तेहरान प्रान्तमा ६० जनालाई र दक्षिणी प्रान्त हर्मोजगानबाट ६५ जनालाई अभियोग लगाएको छ ।
‘दंगा भड्काउने व्यक्तिले अवैध जमघट, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्ने र जनतामा आतंक छर्ने कार्यमा मुख्य भूमिका खेलेका कारण अभियोजकले यी मुद्दाहरूमा द्रुत अनुसन्धान गरेको छ’, हर्मोजगानका प्रधानन्यायाधीश मोज्ताबा घहरेमानीले भने । उक्त प्रान्तमा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् । त्यस्तै उत्तरी प्रान्तमा १२ सय जना पक्राउ परेका प्राप्त विवरणहरूमा जनाइएको छ ।
यसैबीच, हालसम्म सरकारले गरेको प्रदर्शनमा १०८ जनाको मृत्यु भएको थियो ।















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया