इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग
तेहरान । गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनको मृत्युपछि राजधानी तेहरानलगायत देशभर तीब्र प्रदर्शन भएका छन् । सरकारले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तेहरान प्रान्तमा ६० जनालाई र दक्षिणी प्रान्त हर्मोजगानबाट ६५ जनालाई अभियोग लगाएको छ ।
‘दंगा भड्काउने व्यक्तिले अवैध जमघट, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्ने र जनतामा आतंक छर्ने कार्यमा मुख्य भूमिका खेलेका कारण अभियोजकले यी मुद्दाहरूमा द्रुत अनुसन्धान गरेको छ’, हर्मोजगानका प्रधानन्यायाधीश मोज्ताबा घहरेमानीले भने । उक्त प्रान्तमा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् । त्यस्तै उत्तरी प्रान्तमा १२ सय जना पक्राउ परेका प्राप्त विवरणहरूमा जनाइएको छ ।
यसैबीच, हालसम्म सरकारले गरेको प्रदर्शनमा १०८ जनाको मृत्यु भएको थियो ।











सन् २०२५ः भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया