मंगलबार, चैत ३, २०८२

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका

मेरोन्यूज २०७९ असोज २७ गते १६:४९

काठमाडौँ । चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये दुई भाग्यशाली बिजेताले स्मार्टफोन जित्न सक्ने छन् । यो अफर असोज २७ देखि कार्तिक २६ गतेसम्म लागु हुनेछ ।

यसअघि भाद्र १९ देखि असोज १८ गतेसम्म दसैंको समयमा खल्तीमार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए । यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानीप्रति प्रोत्साहित गर्ने उद्देश्यले संचालन गरिएको हो ।

अफरमा सहभागी हुन भने खल्ती अकाउण्टको केवाइसी भेरिफाइड हुन जरूरी छ । खल्ती अकाउन्ट केवाइसी भेरिफाइड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरणभरि सजिलै भेरिफाइ गर्न सक्ने छन् ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “नेपालीको महान चाड दसैँ, तिहार र छठप्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानीमार्फत् हाम्रा प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन यो अफर ल्याएका हौँ ।”

नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।

प्रतिक्रिया