अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट

काठमाडौँ ।अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट तथा छलफल भएको छ ।
अर्थ मन्त्रालयमा आज भएको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले आफू अर्थमन्त्रीका रूपमा कार्यरत रहँदा समष्टिगत आर्थिक स्थायित्व, लगानीका लागि उपयुक्त वातावरण निर्माण, पुँजीबजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउन नियामक निकायहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।
त्यस अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको भन्दै नेपालको बैंक तथा वित्तीय क्षेत्रको सुदृढीकरण, वित्तीय अनुशासन कायम गर्न तथा समग्र आर्थिक प्रणालीलाई व्यवस्थित बनाउन अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति तथा मार्गनिर्देशनप्रति आभार व्यक्त गरेका थिए ।
भेटघाटका क्रममा बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व, लगानी अभिवृद्धि, वित्तीय प्रणालीको पारदर्शिता तथा पुँजीबजारको विकासका विषयमा समेत विचार आदान–प्रदान भएको जनाइएको छ।















सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया