पिपुल्स पावरको शेयर नेपाल स्टकमा सूचीकरण

काठमाडौँ । खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको नेम्पे सेम्बोल पीपीएलप्रति १०० रुपैयाँ अंकित मूल्य को ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सम्पन्न भएको छ । आज पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्ज बीच सूचीकरण सम्झौता सम्पन्न भएको हो ।
पिपुल्स पावरकोे प्राथमिक शेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत शेयर बिक्री खुल्ला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता (१०%), सर्वसाधारण लगानीकर्ता शेयरधनीहमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४ लाख ६७ हजार ४०० (३९%) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ %) शेयर समेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले रजिष्ट्रारसम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयर धनीको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्ने छ ।

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया