विद्यार्थी भिसामा अष्ट्रेलिया जानेले अब ४० घण्टा मात्र काम गर्न पाउने
मेरोन्यूज
२०७९ असोज २८ गते ९:४६

काठमाडौं । अष्ट्रेलियाले अध्ययन भिसामा आउने मानिसमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ।
आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा बढी काम गर्न नपाउँने नियम लागु गर्ने भएको हो । अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै यो नियम पुनः लागू गरिने समेत बताएको हो।
यस वर्षको सुरुवातमा अष्ट्रेलियाको सरकारल विशेष औद्योगिक क्षेत्रमा देखिएको कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो।
गत महिना सरकारले उक्त नियम थप गर्ने निर्णय गरे पनि आगामी जुन ३० पछि भने पुनः विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया