पुटिनले भने : युक्रेनमाथि ‘तत्काल’ अरु ठूलो आक्रमण आवश्यक छैन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन् ।
कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, ‘अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।’
रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् । फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेको छ ।
तर, युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले बताए । उनले भने, ‘आज जे भइरहेको छ, त्यो सुखद छैन । यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि स्थिति खराब हुने थियो ।’
रूसी नेता पुटिनले थपे, ‘त्यसैले हामी सबै कुरा ठीक गरिरहेका छौं ।’ यद्यपि, उनले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गरे ।
पुटिनले भने, ‘पक्कै पनि हाम्रा साझेदारहरू रुसी–युक्रेनी सम्बन्धको भविष्यप्रति चासो राख्छन् र चिन्तित छन्, तर यसले क्रेमलिनसँगको सम्बन्धमा कुनै असर पार्दैन ।’ उनले रूसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताए ।
पुटिनले भने, ‘थप केही पनि योजना छैन । रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव प्राप्त भएको छैन र म निकट भविष्यमा कुनै थप आक्रमणको आवश्यकता देख्दिनँ ।’ उनले यसद्धका लागि तीन लाख जनशक्ति परिचालन गर्ने लक्ष्य रहेकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको पनि बताउँदै करिब दुई हप्ताभित्र सबै परिचालनका काम सम्पन्न हुने उल्लेख गरे ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया