पुटिनले भने : युक्रेनमाथि ‘तत्काल’ अरु ठूलो आक्रमण आवश्यक छैन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन् ।
कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, ‘अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।’
रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् । फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेको छ ।
तर, युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बावजुद रूसले ‘सबै कुरा ठीक गरिरहेको’ उनले बताए । उनले भने, ‘आज जे भइरहेको छ, त्यो सुखद छैन । यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि स्थिति खराब हुने थियो ।’
रूसी नेता पुटिनले थपे, ‘त्यसैले हामी सबै कुरा ठीक गरिरहेका छौं ।’ यद्यपि, उनले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गरे ।
पुटिनले भने, ‘पक्कै पनि हाम्रा साझेदारहरू रुसी–युक्रेनी सम्बन्धको भविष्यप्रति चासो राख्छन् र चिन्तित छन्, तर यसले क्रेमलिनसँगको सम्बन्धमा कुनै असर पार्दैन ।’ उनले रूसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताए ।
पुटिनले भने, ‘थप केही पनि योजना छैन । रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव प्राप्त भएको छैन र म निकट भविष्यमा कुनै थप आक्रमणको आवश्यकता देख्दिनँ ।’ उनले यसद्धका लागि तीन लाख जनशक्ति परिचालन गर्ने लक्ष्य रहेकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको पनि बताउँदै करिब दुई हप्ताभित्र सबै परिचालनका काम सम्पन्न हुने उल्लेख गरे ।











आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया