ट्वान्टी–२० विश्वकप आजदेखि अस्ट्रेलियामा सुरु हुँदै

काठमाडौँ । ट्वान्टी–२० विश्वकप आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । क्रिकेटको सबैभन्दा कान्छो स्वरूप हो, ट्वान्टी–२० । यही ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा सुरुमा आठ टिम सम्मिलित प्रारम्भिक चरण हुनेछ । त्यसपछि ‘सुपर ट्वेल्भ’ को चरण सुरु हुनेछ । यो चरणको पनि समाप्तीमा हुनेछ, नकआउटका खेल । सुरुमा सेमिफाइनल, त्यसपछि फाइनल ।
आज पहिलो दिन दुई खेल हुनेछन्, बलियो श्रीलंका र नामिबियाबीच । दोस्रो खेल रहेको छ, यूएई र नेदरल्यानड्सबीच । दुवै समूह ‘ए’ का खेल रहेका छन् ।
सन् २००७ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपको आयोजना भएको थियो । यसपल्ट यसको आठौं संस्करण सुरु हुन लागेको हो । । यसको पछिल्लो संस्करण सन् २०२१ मै मा मात्र भएको थियो, जति बेला यसको उपाधि जितेको थियो, अस्ट्रेलियाले । यसपल्ट अस्ट्रेलियासामु आफ्नै गृहभूमिमा उपाधिको रक्षा गर्ने अवसर हुनेछ र यही टिमलाई मानिएको छ, उपाधिको सबैभन्दा ठूलो दावेदार ।
अस्ट्रेलियापछि भारत र इंग्ल्यान्ड दुवै उत्तिकै बलिया दाबेदार हुन् । तर यी टिमको खेल ‘सुपर ट्वेल्भ’ बाट सुरु हुनेछ । त्यस अगाडि रहेको छ, तिनै आठ टिमको खेल । यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ, चार चार टिमका रूपमा । लिग चरणमा एकले अर्कोसँग खेल्नेछन् । समूहको शीर्ष दुई स्थानमा रहने टिमले ‘सुपर ट्वेल्भ’ को यात्रा तय गर्नेछ । यो चरणको सबैभन्दा ठूलो विशेषता हो, दुई हेभिवेट टिमको उपस्थिति ।
र ती हुन् श्रीलंका र वेस्ट इन्डिज । संयोगले दुवै पुराना विजेता पनि हुन् । वेस्ट इन्डिज त झन दुई पटकको विजेता हो, सन् २०१२ र २०१६ को । यसबीच सन् २०१४ मा श्रीलंकाले उपाधि जितेको थियो । श्रीलंका प्रारम्भिक छनोटको समूह ‘ए’ मा रहेको छ र यस समूहमा सम्मिलित अन्य टिम हुन्, नामिबिया, नेदरल्यान्ड्स र यूएई । सम्भवतस् श्रीलंकालाई अर्को चरणको यात्रा तय गर्न गाह्रो हुने छैन्, प्रश्न हो, श्रीलंकासँगै कुन टिम अर्को चरण पुग्नेछ त ?
सायद यसको उत्तर हो, नामिबिया । पछिल्लो समय विश्व क्रिकेटमा सबैभन्दा उदयमान टिम हो, नामिबिया । अर्को समूह ‘बी’ मा रहेको छ, वेस्ट इन्डिजसँगै जिम्बावे, आयरल्यान्ड र स्कटल्यान्ड । यस समूहबाट पनि वेस्ट इन्डिज अर्को चरण पुग्ने अपेक्षा गर्न सकिन्छ । अर्को दोस्रो टिमका लागि जिम्बावे र आयरल्यान्डबीच प्रतिस्पर्धा चल्नेछ । ‘सुपर ट्वेल्भ’ को पहिलो समूहमा छन्, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अफगानिस्तान ।
अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेशसँगै दक्षिण अफ्रिका रहेका छन् । यो चरणमा प्रवेश गर्ने चार टिमकै लागि पहिलो चरणका खेल हुन लागेका हुन् ।
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया