सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन बलियो भएपनि कार्यान्वयन भएन

काठमाडौं । नेपालमा बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन बलियो भएपनि कार्यान्वयन नहुदाँ यसले अपेक्षित नतिजा दिन भने सकेको छैन् ।
जसका कारण सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७२ जना व्यक्तिले ज्यान गुमाई रहेका एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, द युनियन र एशिया प्यासेफिक सिटिज अलाइन्स फर द हेल्थ एण्ड डेभलपमेन्ट (एपीक्याट) ले संयुक्त रुपमा गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरु नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनाइएको कानूनको प्रभावकारी रुपमा कार्यान्वयन लैजान जोड दिएका छन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बढ्दो क्रममा रहेको नसर्ने रोग र त्यसलाई बढाउन सुर्तीजन्य पदार्थको भूमिकाको चर्चा गर्दै यसको नियन्त्रण अबको आवश्यकता रहेको बताए । उनलेभने यसमा काम नभएको त होइन तर केही कमजोरीहरु भने अवश्य छ । त्यसलाई सुधार्दै लैजानु पर्छ । संघ प्रदेश र स्थानीय तह मिलेरै कानून कार्यान्वनयमा अघि बढाउनु पर्छ ।’
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा संगिता मिश्राले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुको साथ साथै व्यापक जनचेतना फैलाउनु पर्ने बताईन् । उनलेभनिन् ‘यसको सेवन गर्न हुँदैन भन्नेमा व्यापक जनचेतना जागृत गराउनु पर्छ । मन्त्रालयले यस दिसामा अघि बढ्ने सोच बनाएको छ,’ उनले भनिन् ।
उनले सुर्ती उद्योगीहरुले सरकारले ल्याएको कानून विरुद्ध अदालतमा गएका कारण सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्थाको कार्यान्वयन हुन ढिलाई भएको आफूले बुझेको बताईन ।
उनले कानून कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी सरकारको भए पनि त्यसलाई साथ सहयोग गर्नका लागि सबै पक्षको सहयोग हुनुपर्ने समेत बताए । द – युनियनका क्षेत्रीय निर्देशक डा. तारासिंह बमले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रम सही दिशामा अघि नबढेको बताए
बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले प्रत्येक वर्ष संसारमा ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको भन्दै यसलाई यसको न्युनिकरणका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।
‘सुर्तीजन्य पदार्थमा टक्सीन हुन्छ । यो प्रयोग गर्ने वित्तिकै शरीरमा भित्र हाम्रो फोक्सोमा गई हाल्छ । जव हामी यसको प्रयोग गर्दछौँ त्यसले त्यसले फोक्सोको कोशिकाहरु नष्ट वा डिस्टर्व गर्दछ । यसले गर्दा सीओपिडी तथा फोक्सोको क्यान्सरहरु लाग्नसक्छ,’ उनले भने ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थबाट बर्षेनी भईरहने मानवीय क्षति कोरोना महामारीको बेलामा भएको क्षतिको तुलनामा ४ गुणा बढी रहेको बताए । उनले भने ‘पछिल्लो दुई बर्षको कोरोनाले नेपालमा झण्डै १२ हजारको ज्यान लियो तर सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण हरेक वर्ष २७ हजार बढीको ज्यान गईरहेको तथ्यलाई हामीले वास्ता गरेका छैनौँ । उनले भने, कोभिडको मृत्युदर भन्दा सुर्तीजन्य पदार्थको मृत्युदर ४ गुणा बढी छ ।’
उनले पछिल्लो समय युवायवतीमा ई सिक्रेट प्रयोग बढ्न थालेको छ त्यसलाई रोक्न राज्यले बनाइएका कानूनको तत्काल कार्यान्वयन गर्नु पर्ने बताए ।
‘कानूनले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छोप्नु पर्ने व्यवस्था ल्यायो । त्यसबिरुद्ध सुर्ती उद्योगीहरु अदालत गए । सरकार कार्यान्वयन गर्न डरायो । हामी अदालत गयौँ । ८ वर्ष पछि हाम्रै पक्ष अर्थात कानून कार्यान्वयन गर्ने पक्षमा फैसला आयो तर हामी अझै पनि कार्यान्वयन गर्न अल्मलिरहेका छौँ । यसले सुर्तीबाट हुने जनधनको क्षति थप बढी रहेको छ,’ उनले भने ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका डा. लोनिम दिक्षितले नेपालमा हरेक १० मृत्यु मध्ये ७ मृत्यु नसर्ने रोगको कारणले हुने गरेको भन्दै नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ रहेको बताईन् । उनले अस्पतालहरुको ओपिडी र आईपीडीमा नसर्ने रोगका बिरामीको संख्या निकै बढेर गएको समेत जानकारी दिईन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नीतिमा सरकारले गरेका कामका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी नीति बनाउन देखि कार्यान्वयन गराउन स्वास्थ्य पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसलाई निरन्तर खबरदारी र निगरानी गर्ने बताए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया