एल क्लासिकोमा रियलले बार्सिलोनालाई हरायो
मेरोन्यूज
२०७९ असोज ३१ गते ८:४४
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३–१ अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक एक गोल गरे । बाििर्सलोनाको फेरान टोरेसले एक गोल गरे ।
आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लियो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरे ।
८३औं मिनेटमा बार्सिलोनाका बैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २–१ मा भरेको थियो । तर, इन्ज्युरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जित निकाल्न सफल भयो ।
जितसँगै रियलले नौ खेलबाट २५ अंक सहित शीर्षस्थानमा छ । सिजनको पहिलो हार बेहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा छ ।
ीबतभकत ल्भधक
सम्बन्धित
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया