मंगलबार, चैत ३, २०८२

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

मेरोन्यूज २०७९ असोज ३१ गते ९:१२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

परिस्कृत र नयाँ सुविधाहरुसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन्। सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरका माध्यमबाट आफूलाई रजिस्टर गरी लगइन गर्न सकिनेछ । एप्लिकेसनमा एकैजनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरेपश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै एपमा अन्य सुविधाहरुका रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिनेछ ।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधालाई ग्राहक तथा अभिकर्तासमक्ष सहज, सुरक्षित एवं प्रभावकारी रुपमा उपलब्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कम्पनीका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले बताए ।

प्रतिक्रिया