मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँगै मर्जर प्रक्रियामा रहेको कुमारी बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले कात्तिक २१ गते बाईसौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सो सभा कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ । सभाले सामाजिक उत्तरदायित्व बहन गर्दा सीमाभन्दा बढी भएको खर्च अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने, कर प्रयोजनसहित चुक्ता पूँजीको १२।५० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । यद्यपि, मर्जर प्रक्रियामा रहेका कारण बैंकको शेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ । यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
















चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया