बिहीबार, पुष १०, २०८२

बारुलाको टोकाइबाट ४२ विद्यार्थी अस्पताल भर्ना

मेरोन्यूज २०७९ असोज ३१ गते १७:१८

काठमाडौँ । उत्तरी श्रीलंकाका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ ।

भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका मानिसलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन् ।

पीडितलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् ।

शिक्षक र अभिभावकले तुरुन्तै विद्यालय खाली नगरेको भए थप दुर्घटना हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । जिल्लामा प्रत्येक वर्ष यस्ता केही घटना हुने गरेको र स्थानीय प्रहरीले यस्ता घटनाविरुद्ध कारबाही गर्न वन्यजन्तु अधिकारीलाई आग्रह गर्ने गरेका छन् ।

प्रतिक्रिया