नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत रमितालकाे स्वर्ण जित
मेरोन्यूज
२०७९ कार्तिक १ गते ११:०९

काठमाडौं, १ कात्तिक
एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन् । रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक हो ।
रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडिन् । आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपिएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन् ।
पुरुषतर्फको चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । यसै विधामा एपिएफका आशिष चौधरीले रजत र आर्मीका प्रकाश दनुवारले कास्य पदक जिते ।
सम्बन्धित
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया