बैतडी सुर्नयाकी १७ वर्षीया बालिका ४० दिनदेखि बेपत्ता
मेरोन्यूज
२०७९ कार्तिक १ गते ११:४७

बैतडी, १ कात्तिक
बैतडीको सुर्नया गाउँपालिका-४ की १७ वर्षीया सिर्जना लोहार ४० दिनदेखी बेपत्ता भएकी छन् । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए ।
छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरे पनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् ।
छोरी हराएकै मितिदेखि एकजना गाउँले युवकसमेत गाउँमा नभएकाले दुवैजना भागेको आशंका गरिएको छ । तर सिर्जनाका बाबु बिरा उनीहरूबीच प्रेम रहे नरहेको आफूलाई केही थाहा नभएको बताउँछन् । बालिका हराएको विषयमा प्रहरीमा जानकारी आएकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया