जर्मनी चिकित्सक टोलीले गरे नर्भिक अस्पतालमा अवलोकन

काठमाडौं । जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको अवलोकन भ्रमण गरेको छ ।
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकले नर्भिक इन्टरनेशनल अस्पतालको अवलोकन गरेका हुन् । जर्मनीका चिकित्सकको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए ।
नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो ।
सो क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौँस्थित अन्तराष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिएका थिए ।
नर्भिकका अधिकारीले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीको उपचार सेवामा पुर्याउँदै आएको योगदान, दिँदै आएको सेवालगायत विषयमा समेत टोलीलाई जानकारी गराएका थिए ।
टोलीमा सहभागी जर्मन चिकित्सकले नेपालमा समेत नर्भिक इन्टरनेशनल अस्पतालजस्तो आधुनिक अस्पताल रहेकोमा खुशी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा अन्तर्राष्ट्रिय स्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए ।















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया