नवौँ राष्ट्रिय खेलकुदः आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेशले पाँच स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।
यसैगरी गण्डकी प्रदेशले चार स्वर्ण र सात रजत, एपिएफ क्लबले दुई स्वर्ण, एक रजत र तीन कास्य, प्रदेश नं १ ले एक स्वर्ण, एक रजत र एक कास्य, लुम्बिनीले तीन रजत र पाँच कास्य, कर्णालीले एक रजत र एक कास्य तथा नेपाल पुलिस क्लबले दुई कास्य पदक प्राप्त गरेको छ ।
महिला एकल स्पाइरिङतर्फको (५१–५५) किलो तौल समूहतर्फ प्रदेश नं १ की कुशुम राजवंशीले स्वर्ण, गण्डकी प्रदेशकी सुशिला अढाईले रजत तथा आर्मी क्लबकी रिना धिमाल र पुलिस क्लबकी सञ्जनाकुमारी घर्तीमगरले कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै, महिला एकल स्पाइरिङतर्फ नै (४०–४५) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुनिता भण्डारीले स्वर्ण, बागमतीकी सुस्मिता तामाङले रजत तथा पुलिस क्लबकी मनिषा घर्तीमगर र एपिएफ क्लबकी लिलाकुमारी सापकोटाले कास्य पदक प्राप्त गरेका छन् ।
आजै सम्पन्न पुरुष एकल स्पाइरिङतर्फ (६१–६५) किलो तौल समूहतर्फ एपिएफ क्लबका गोविन्द खत्रीले स्वर्ण, आर्मी क्लबका प्रमोदकुमार साहुले रजत तथा लुम्बिनीका राहुल थापा र प्रदेश नं १ का नितेश खवासले कास्य पदक प्राप्त गरेका छन् ।
यसअघि पुरुष एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्ण, कर्णालीका मिलन धामीले रजत तथा आर्मीका पूर्णबहादुर मगर र लुम्बिनीका सन्तोष बुढामगरले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष एकल स्पाइरिङतर्फ (५१–५५) किलो तौल समूहमा बागमतीका रिक्सान वाइवाले स्वर्ण, आर्मीका प्रेमकुमार मगरले रजत तथा लुम्बिनीका अर्जुन नेपाली र एपिएफ क्लबका सुनिल महतोले कास्य प्राप्त गरेका थिए ।
यसैगरी पुरुष एकल स्पाइरिङतर्फ (५६–६०) किलो तौल समूहमा बागमतीका अनिल तामाङले स्वर्ण, गण्डकीका प्रविण बुढाले रजत तथा एफिएफ क्लबका सुमन रानामगर र लुम्बिनीका हेमराज डाँगीले कास्य पदक पाएका थिए ।
महिला एकल स्पाइरिङतर्फ (४६–५०) किलो तौल समूहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण, प्रदेश नं १ की इन्दिरा थापाले रजत तथा लुम्बिनी प्रदेशकी पूजा रसाइली र कर्णाली प्रदेशकी कमला विकले कास्य पदक प्राप्त गरेका छन् ।
नेपाल आईटीएफ तेक्वान्दोका महासचिव अञ्जु रावतका अनुसार शनिबारदेखि बागलुङमा सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडीबीच ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धामा भइरहेको छ । नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीका विभिन्न जिल्लामा दुई प्रदर्शनीसहित ३८ खेल भइरहेका छन् ।
















पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया