पशुपालनबाट मनग्य आम्दानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लाग्नुभएको छ । रु ७० लाख लगानी गरेर उहाँले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहनुभएकोे छ ।
कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उहाँले बताउनुभयो । “सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।” उहाँले भन्नुभयो, “लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागे ।” सुरुआतामा रु चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उहाँले व्यवसाय विस्तार गर्दै अहिले रु ७० लाख लगानी गरेको उहाँले बताउनुभयो ।
“बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।” उहाँले भन्नुभयो, “यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।” उहाँको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उहाँले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाउनुभयो ।“अहिले प्रदेश सरकारबाट पनि मैले रु ४० लाख अनुदान पाएको छु ।” उहाँले भन्नुभयो, “अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।”
अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उहाँले बताउनुभयो । “भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु ।” उहाँले भन्नुभयो, “विस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य छ ।” पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उहाँले बताउनुभयो । “हरेक बुधबार यहाँबाट काठमाडाँै मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।” उहाँले भन्नुभयो, “अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौँ ।” उहाँको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन ।
















युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया