अपूर्वक्षितिजलाई अदालत लगियो, इजलासले आजै बयान लिने

काठमाडौं । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतमा आज बयान लिईने भएको छ । उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशमा उनको बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए। यस्तै आजै थुनछेक बहस समेत हुनसक्ने समेत दाहालले बताए ।
कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदन बुझाउँदा अपूर्वलाई पनि उपस्थित गराइएको थियो। तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन हिरासतमा लियो।
भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।
उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।
कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया