हेटौँडा मोडेल अस्पतालमा सिलबन्दी, कारबाही गर्न प्रक्रिया सुरु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौँडाको एक अस्पतालमा सिलबन्दी गरेको छ । उक्त अस्पताललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौँडा उपमहानगर १ मा रहेको हेटौँडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।
अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ ।
अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।
त्यस्तै, अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहर मैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो ।
अस्पताल सञ्चालकलाई आवश्यक कागजातसहित १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
















महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
भारतको हिरासतमा दुई जनाको हत्या गरेको आरोपमा ९ जना प्रहरीलाई मृत्यु दण्डको सजाए
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया