उनान्सय बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ ।
देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोग अस्थायीरूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले विशेष गरी छ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि सङ्क्रमण बढेको, केही बिरामीलाई पखाला चल्ने, खोकी लाग्ने, वाकवाकी हुने लक्षण देखापरेका उक्त मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले बताए ।
कोभिड–१९ खोपका कारण बालबालिका हताहत नभएका स्पष्ट गर्दै उनले छ वर्ष वा त्यसभन्दा माथिका बच्चालाई मात्र खोप लगाउन आह्वान गरिएको बताए । भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या भई ज्यान नै गएको बताइएको छ ।
इन्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएको बताएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया