उनान्सय बालबालिकाको मृत्युपछि तरल औषधिको उपयोगमा प्रतिबन्ध

इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ ।
देशका २० प्रान्तमा मिर्गौलामा गम्भीर चोट लागेका २०६ जनामध्ये ९९ जनाको मृत्यु भएपछि सबै तरल औषधिको उपयोग अस्थायीरूपमा रोक लगाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले विशेष गरी छ वर्षभन्दा कम उमेरका बालबालिकामा साउनको अन्त्यदेखि सङ्क्रमण बढेको, केही बिरामीलाई पखाला चल्ने, खोकी लाग्ने, वाकवाकी हुने लक्षण देखापरेका उक्त मन्त्रालयका प्रवक्ता मोहम्मद स्याहरिलले बताए ।
कोभिड–१९ खोपका कारण बालबालिका हताहत नभएका स्पष्ट गर्दै उनले छ वर्ष वा त्यसभन्दा माथिका बच्चालाई मात्र खोप लगाउन आह्वान गरिएको बताए । भारतमा उत्पादन गरिएका चार प्रकारका खोकीका झोल औषधिले गाम्बियामा ७० बालबालिकाको मिर्गौलामा गम्भीर समस्या भई ज्यान नै गएको बताइएको छ ।
इन्डोनेसियाको खाद्य तथा औषधि नियामक निकायले भारतीय औषधि देशमा दर्ता नभएको बताएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया