बारामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक ४ गते ११:४१

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
ट्रयाक्टर सहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया