बुधबार, चैत ४, २०८२

एनएमबि बैंकलाई १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत

मेरोन्यूज २०७९ कार्तिक ४ गते १५:००

काठमाडौँ । यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी)ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ्ग क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीको समाधानका लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।

एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागी महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ ।

एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने बाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ ।

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीको लागि डीएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाइनान्सियल इन्सिटच्युसन (डीएफसी एस)बाट कूल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया