दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि

काठमाडौँ । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ ।
दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो ।
हालसम्म करिब सात सय वटा खानेपानी समितिलाई डिजिटलाइजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारील यो अत्याधुनिक प्रविधि भएकाले सबै खानेपानी समितिमा यसको प्रयोग हुनु पर्ने भन्दै अपिल गरे । कार्यक्रममा उनले भने, ‘ अहिलेको प्रविधिको युगमा यो सफ्टवेयरको प्रयोगले खानेपानी क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याउँछ, समितिदेखि उपभोक्ताको सहजताका लागि मात्र नभएर राज्यका लागि समेत यो महत्वपूर्ण भएकाले यो प्रयोग गर्न म सबैमा अपिल गर्दछु ।’
कार्यक्रममा बागमती प्रदेशका खानेपानी समितिका प्रतिनिधिको उपस्थिती थियो । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
करिब दशवर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्दै आएको छ ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया