मेक्सिकोमा ट्रक दुर्घटना, तीन सय घरमा आगलागी
मेरोन्यूज
२०७९ कार्तिक ५ गते १४:१८
काठमाडौँ । मध्य मेक्सिकोको अग्युअस्केललाइन्टेसमा एउटा इन्धन बोकेको ट्रक दुर्घटना भएको छ । घटनामा एक रेल लाइन र घरहरूमा आगो लागेको छ ।
आगलागीको नाटकीय भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा शहरको ठूलो क्षेत्रलाई कालो धुवाँले ढाकेको दृश्य देख्न सकिन्छ । एउटा भिडियोमा मालवाहक रेल आगोको चपेटामा परेको देखाइएको छ ।
मेक्सिकोको एल युनिभर्सल वेबसाइटले एक हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । आगलागीबाट केही घर र गाडी जलेर नष्ट भएका छन् ।
मृत्युको कुनै रिपोर्ट गरिएको छैन । तर, धेरै मानिसलाई अस्पताल लगिएको प्राप्त विवरणमा जनाइएको । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मेयर लियो मोन्टेनेजको फेसबुक पोष्टले दुर्घटना क्षेत्रमा तीन सय घरहरू जलेको देखाइएको छ ।
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया