कन्या राशिलाई आजको दिन अर्थ लाभ हुनसक्ने, कस्तो छ अन्य राशिफलहरु ?

काठमाडौं । आजको पात्रो : ६ कात्तिक, २०७९, आइतबार । तद्नुसार अक्टुबर महिनाको २३ तारिक २०२२ । कार्तिकृष्णपक्ष त्रयोदशी तिथि । आजबाट सनातनीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन हो । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।
आज बिहान सूर्योदय ६ः०९ मा र सूर्यास्त ५ः२९ मा हुनेछ । उत्तरफाल्गुनी नक्षत्र, इन्द्र योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजदेखि घरका दीपावली गर्ने, लक्ष्मीपूजाका लागि तयारी गर्ने काम गर्नु पर्दछ । तिहार उज्यालोको पर्व भएर पनि होला । तिहारमा सरसफाइ र लक्ष्मी प्रसन्न गराउनका लागि हरेक साँझ दीपावली गराउने गरिन्छ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । विहानको उदाउदो सूर्यको दर्शन र देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसििद्ध हुने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अनुकुल छ । चन्द्रमाको साथ छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्टी हटेर जानेछ । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईको बोली र बाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । मिथुन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नसक्छ । आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । । आफूले गरिरहेको व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोच विचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यल पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईको गरेको कामको प्रशसा हुनेछ । आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आज आइतबार अर्थ लाभ हुनसक्छ । यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईलाई सफलता मिल्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सहयोग हुनुक्छ । नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्ने मीन राशिका जातकका लागि खुसीयाली छाउने छ । विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नैं तपाईको लागि उत्तम हुनेछ । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
पराक्रम गर्ने दिन हो । व्यापार व्यवसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । साँझको समयका देवालयको यात्रा हुनसक्छ । यो यात्रा पनि फलदायी हुनेछ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया