सर्वसाधारणलाई तत्काल खेर्सन छोड्न् रुस समर्थित अधिकारीहरूको उर्दी

मस्को । कब्जा गरिएको खेर्सनमा रुसी–स्थापित अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई ‘तत्काल’ छोड्न आग्रह गरेका छन् किनभने उनीहरूले युक्रेनी सेनाले दक्षिणी युक्रेनको सहरलाई पुनः दावी गर्न प्रतिआक्रामक अभियान चलाउने अपेक्षा गरेका छन् ।
क्षेत्रीय प्रशासनले टेलिग्राममा एक सन्देश पोस्ट गरेको छ जसमा नागरिकहरूलाई खेर्सन शहर छोड्न माग गरिएको थियो । तनावपूर्ण अवस्था र युक्रेनी सेनाले ‘आतंकवादी हमला’ गर्न सक्ने भन्दै सर्वसाधाणलाई खेर्सन सहर छोड्न भनिएको छ । नदी तरेर रुसी भूभागमा प्रवेश गर्न उनीहरूले सर्वसाधारणलाई डुंगा प्रयोग गर्न पनि सुझाव दिएका छन् ।
रुसले युद्धको प्रारम्भिक दिनमा क्षेत्रीय राजधानी सहर खेरसन कब्जा गरेको थियो र त्यसपछिका महिनाहरूमा क्षेत्रका अन्य भागहरू कब्जा गरेको थियो । खेरसन राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अवैध रूपमा कब्जा गरेको चार क्षेत्रमध्ये एक हो । युक्रेनी सेनाद्वारा जारी काउंटर–आक्रमणबीच बिहीबार पुटिनले खेर्सनलगायतका केही क्षेत्रहरूमा मार्शल ल घोषणा गरेका थिए ।एजेन्सी
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया