ली छियाङ बन्ने भए चीनको नयाँ प्रधानमन्त्री

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । तेस्रो कार्यकालका लागि महासचिव चुनिएका सी चिनफिङले आइतबार आफ्नो टिम सार्वजनिक गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीमा पोलिटब्युरो स्थायी समिति निर्णय गर्ने सर्वोच्च निकाय हो। उक्त समितिमा महासचिवसहित ७ जना हुन्छन्। यसपटक पहिले स्थायी समितिमा रहेका प्रधानमन्त्री ली खछ्याङ सहितका अन्य ४ नेताहरु केन्द्रीय कमिटिमै परेका छैनन । जसकाकारण पहिलेका आफुसहितका तीन नेता र थप अन्य ४ नेतालाई समेटेर ७ सदस्यीय स्थायी समिति गठन गरेका छन् ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार आइतबार सार्वजनिक भएका बाँकी ६ जनाको वरीयता पनि सार्वजनिक भएको छ। वरीयताअनुसार राष्ट्रपति सी चिनफिङपछि ६३ वर्षीय ली छियाङ छन्। यसको अर्थ अबको पाँच वर्ष उनी चीनको प्रधानमन्त्री बन्नेछन्।
छियाङ सन् २०१७ मा सांघाईमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख बनेका थिए। त्यसअघि उनी झेजियाङका गभर्नर थिए।
अहिले प्रधानमन्त्री ली खछ्याङ र सभामुख ली चाङ्शु भने नयाँ केन्द्रीय समितिको सदस्यमा पनि परेका छैनन्।
सीको अध्यक्षतामा सम्पन्न बैठकमा सीपीसीको २० औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यहरू सहभागी थिए।
बैठकमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्ष पनि नियुक्त गरिएको छ । बैठकमा निर्वाचित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्यहरू सी चिन फिङ, ली छ्याङ, झाओ लेजी, वाङ हुनिङ, काइ छ्यु, दिङ सुएङ र ली सी छन्।
बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यहरू पनि निर्वाचित भएका थिए जसले सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिले मनोनित सीपीसी केन्द्रीय समिति सचिवालयका सदस्यहरूलाई अनुमोदन गरेको थियो।
बैठकले केन्द्रीय सैन्य आयोगका सदस्यहरुको नाम तोकेको छ ।
बैठकले २० औं सीसीडीआईको पहिलो पूर्ण बैठकमा निर्वाचित केन्द्रीय अनुशासन आयोग ९सीसीडीआई० को स्थायी समितिका सचिव, उपसचिव र सदस्यहरूलाई अनुमोदन गरेको छ।
स्थायी कमिटीका अन्य सदस्यहरूमा ली सी, दिङ सेउसियाङ, काइ छी, वाङ हुनिङ, झाओ लेजी परेका छन्।











कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया