शुक्रबार, वैशाख १८, २०८३

नापोलीलाई तीन अंकको अग्रता

मेरोन्यूज २०७९ कार्तिक ७ गते ७:५९

काठमाडौं । रोमालाई १-० अन्तरले पराजित गर्दै नापोलीले इटालियन सिरी ए मा तीन अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा भिक्टोेर ओसिमहेनले निर्णायक गोल गरे । ८०औं मिनेटमा भिक्टोरले गरेको गोलमा नापोलीले तीन अंकको अग्रता बनायो ।

Advertisement
NiccNicc

घरेलु मैदानमा रोमाले खेलमा फर्कने निकै प्रयास गरेपनि सफल हुन सकेन ।

जितसँगै नापोली ११ खेलबाट २९ अंक सहित शीर्षस्थानमा छ । रोमा समान खेलबाट २२ अंक सहित पाँचौ स्थानमा छ । समान खेलबाट २६ अंक रहेको एसि मिलान दोस्रो स्थानमा छ ।

प्रतिक्रिया