जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

काठमाडौं । पर्साको वीरगंज महानगरपालिका-१७ अलौमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय लक्ष्मी सहनी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार १ सय ९० रूपैयाँ र १ सेट कौडा सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका- ११ नवलपुर बस्ने बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा ३३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त ग्यारेजाम जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थाई प्रहरी पोष्ट थानाभर्यासङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार रुपैयाँ, कौडा १३ थान र तास १३ बुक सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जना महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया