पाकिस्तानी प्रधानमन्त्री कात्तिक १५ मा चीन भ्रमणमा जाने

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि चीन भ्रमणमा जान लागेका हुन् ।
बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री सरिफले चीन भ्रमण गर्ने छन् ।
“प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नाका साथै रणनीतिक सहयोग एवम् साझेदारीको समीक्षा गर्नेछन् । पाकिस्तान र चीनले क्षेत्रीय र विश्वव्यापी विकासका बारेमा विचार पनि आदानप्रदान गर्नेछन्,” पाकिस्तानी विदेश मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भनेको छ ।
विदेश मन्त्रालयले प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको पनि बताएको छ । द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि उक्त मन्त्रालयले गरेको छ । पाकिस्तान–चीन सम्बन्धलाई सुदृढ तुल्याउने सेतुका रूपमा बहुअर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर चिनियाँ सहयोगमा निर्माणाधीन छ । अन्य तीनवटा यस्तै परियोजना भित्र्याउने सोचमा पाकिस्तान रहेको र त्यस विषयमा चीनसँग पाकिस्तानले प्राथमिकताका साथ छलफल गर्ने समाचार केही समयअघि सार्वजनिक भएका थिए ।
पाकिस्तानको प्रधानमन्त्री भएपछि शहबाजले पहिलोपटक चीन भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनपछि चीन भ्रमण गर्ने पहिलो नेता पनि पाकिस्तानी प्रधानमन्त्री भएका छन् । महाधिवेशनले पार्टी महासचिवका रूपमा सीलाई तेस्रो कार्यकालका निम्ति चयन गरेको छ । महासचिवमा भएको निरन्तरतासँगै उनले चीनको राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हालेका छन् ।
















रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया