ट्वान्टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित
मेरोन्यूज
२०७९ कार्तिक १० गते १७:३१

सिस्नु । ट्वान्टी-२० विश्वकपमा भारतले दोस्रो जित निकालेको छ । बिहिबार भारतले नेदरल्यान्ड्सलाई ५६ रनले पराजित गरेको छ । भारतले लगातार दोस्रो जित निकालिरहँदा डच टिमको पनि यो लगातार दोस्रो हार हो ।
जितका लागि १ सय ८० रन पछ्याएको नेदरल्यान्ड्सले नौ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि गतिलो योगदान दिन सकेनन् । टिम पिन्जलको २० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । त्यसमा तीन ब्याटरले अर्ध शतक बनाएका थिए ।
यो जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया