ब्रुयनाको गोलमा सिटीको जित
मेरोन्यूज
२०७९ कार्तिक १३ गते ७:३८

काठमाडौं । मिडफिल्डर केभिन डी ब्रुयनाको निर्णायक गोलप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति लेस्टर सिटीलाई १–० अन्तरले पराजित गरेको छ ।
किङ्ग पावर रंगशालामा मुख्य स्ट्राइकर एर्लिङ हालान्ड बिना उत्रिएको सिटीले कठिन जितसँगै शीर्षस्थानमा आफूलाई उभ्याएको छ ।
खेलको ४९औं मिनेटमा डि ब्रुयनाले फ्रिकिकमा उत्कृष्ट गोल गरे । लेस्टरका नाम्पेल्स मेन्डीले सिटीका ज्याक ग्रेलिसमाथि फाउल गरेपछि सिटीले फ्रि–किक पाएको थियो । करिब २५ यार्ड ब्रुयनाले हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
जितसँगै १२ खेलबाट २९ अंक जोडेको सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलबाट ११ अंक जोडेको लेस्टर सिटी १७औं स्थानमा झरेको छ । सिटीभन्दा १ खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ ।
सम्बन्धित
















इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प
गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट ३ हजारले लिए नागरिकता
इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया