भिभोको वाई सिरिजका उत्कृष्ट स्मार्टफोनहरू

काठमाडौँ । स्मार्टफोन उद्योगको अग्रणी ब्राण्ड, भिभोले वाई सिरिजका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताका लागि धेरै विकल्प उपलब्ध गराउँदै आइरहेको छ । ब्राण्डले आफ्नो स्मार्टफोनमा नवीनतम क्यामेरा प्रविधि र नयाँ विशेषताहरु समावेश गरेर बजारमा बलियो पकड बनाउँन सफल भएको छ ।
वाई सिरिजका सबै स्मार्टफोनहरू अत्याधुनिक प्रविधिद्वारा डिजाइन गरिएका छन् जसले उत्कृष्ट पर्फमेन्श र नवीनतामार्फत ग्राहकको अनुभवलाई अझ वृद्धि गर्नेछ । भिभो वाई सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागशिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् ।
१) वाई ३५
भिभो वाई३५ स्टाइल र प्रविधिको उत्कृष्ट संयोजन भएको स्मार्टफोन हो । यसमा एक्सटेन्डेड र्याम ३.० (८जीबी + ८जीबी) छ जसले एउटा एपबाट अर्कोमा सहजै स्विच गर्न अनुमति दिन्छ र निर्बोध अनुभव प्रदान गर्दछ ।
कुनै पनि कार्यहरु स्मुद रुपले गर्न, वाई ३५ मा पाँच हजार एमएएच ब्याट्री रहेको छ । जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्दछ । यस उपकरणले शक्तिशाली कार्य सम्पादन सुनिश्चित गर्नुका साथै यसमा ५० एमपी ट्रिपल रियर क्यामेरा रहेको छ । जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र व्यावसायिक क्यामेरा जस्तै उच्च–स्तरीय तस्वीरहरु खिच्दछ ।
क्यामेराले सुपर नाइट क्यामेरा जस्ता सुविधा प्रदान गर्दछ । प्रयोगकर्तालाई कुनै समस्याबिना रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेट जसले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र सुन्दर पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।
२) वाई ३३ एस
वाई ३३ एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपाली ग्राहकहरूले धेरै मन पराएका छन् । यो फोनमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ ।
यो शक्तिशाली स्मार्टफोन १८ वाट फास्ट चार्जको साथ पाँच हजार एमएएच ब्याट्रीमा आउँछ । वाई३३एस मा एक्सटेन्डेड र्याम २.० (८जीबी+ ४जीबी) रहेको छ । स्लिम र ट्रेंडी स्मार्टफोन वाई३३एस को मूल्य रु २९,९९९ रहेको छ ।
३) वाई २२
वाई२२ प्रयोगकर्ताहरूका लागि राम्रो विकल्प हो । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ जसले शक्तिशाली कार्यसम्पादनको प्रतिज्ञा गर्दै हरेक कार्यलाई सहज बनाउँछ । यो १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीमा आउँछ र विशाल ब्याट्री क्षमताको साथमा शक्तिशाली प्रोसेसरको संयोजनले वाई२२ लाई धेरै आकर्षक बनाएको छ ।
यसमा ५०एमपी रियर क्यामेरा रहेको छ जसले स्पष्ट, सुन्दर र उज्यालो तस्बिरहरू लिन सम्भव बनाउँछ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट जस्ता विभिन्न क्यामेरा सुविधाहरू पनि उपलब्ध छन् ।
भिडियो फेस ब्यूटी फिचरले सेल्फी लिने वा भिडियो खिच्ने प्रयोगकर्ताहरूको अनुहारको अझ आकर्षक बनाउँछ । साथै अर्कोतर्फ मल्टि स्टाइल पोट्र्रेटले व्यक्तिगत पोट्र्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि धेरै स्टाइलहरू समावेश गर्दछ ।
४) वाई २२ एस
वाई २२ एस ले भिभोको वाई सिरिजको गतिशील र युवा–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउँछ, र प्रयोगकर्ताहरुका विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६ जीबी र्याम र १२८जीबी रोम रहेको छ, जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाई एकै साथ धेरै ठुला एपहरू चलाउन अनुमति दिन्छ ।
यसको एक्सटेन्डेड र्याम विशेषतामार्फत निष्क्रिय रोमलाई प्रयोग गर्न सकिन्छ र १टीबी सम्म मेमोरी कार्ड थप्न पनि सकिन्छ । वाई२२एस मा एआई पावर–सेभिङ टेक्नोलोजी पनि छ र पाँच हजार एमएएच ब्याट्रीलाई १८ वाट फास्ट चार्ज ले सर्पोट गरेको छ । यसका साथै, ५०एमपी रियर क्यामेरा र ८एमपी एचडी फ्रन्ट क्यामेरासंग भिडियो फेस ब्यूटी अप्टिमाइज गरिएको छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडको साथ अप्टिमाइज गरिएको छ ।
जसले प्रयोगकर्तालाई कम प्रकाशका क्षणहरूलाई जादुई रूपमा उत्कृष्ट बनाउन अनुमति दिन्छ । यसबाहेक, प्रयोगकर्ताहरुलाई व्यक्तिगत पोट्र्रेट खिच्न वाई२२एस मा मल्टी–स्टाइल पोट्र्रेट– फेस ब्यूटी, बोकेह, र अन्य स्टाइलहरू समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरू खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।
५) वाई ५५
वाई ५५ शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजको नयाँ स्मार्टफोन हो । यस फोनमा ५० एमपी एचडी ट्रिपल क्यामेरा छ जसले डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो प्रदान गर्दछ । वाई५५ मा स्न्यापड्रेगन ६८० प्रोसेसर छ जसले यस स्मार्टफोनलाई गेमिङ तथा स्ट्रिमिङका लागि सक्षम बनाउँछ ।
यो उपकरण पाँच हजार एमएएच ब्याट्रीको साथ आउँछ जुन ४४ वाट फ्ल्यासचार्जद्वारा समर्थित छ । यो स्मार्टफोन रु ३३,९९९ मा उपलब्ध देशभर उपलब्ध छ ।

















पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
कैलालीमा गोली हानी श्रीमतीको हत्या अनी आफैमाथि चलाए बन्दुक
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया