मंगलबार, माघ १३, २०८२

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

मेरोन्यूज २०७९ कार्तिक १४ गते १८:२६

काठमाडौँ । बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई तीनपटक लगातार बलात्कार गरेको बताएका हुन् ।

खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ ।

बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

कार्यालयका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र योनीमा चोट लागेको देखिएको छ ।

प्रतिक्रिया