दक्षिण कोरियाको विदेशी जनसङ्ख्या घट्दो

काठमाडौँ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सन् २०२१ मा लगातार दोस्रो वर्ष विदेशी जनसङ्ख्या घटेको जनाएको छ ।
गृह तथा सुरक्षा मन्त्रालयका अनुसार सन् २०२१ को नोभेम्बर १ मा यहाँ विदेशी नागरिकको सङ्ख्या २१ लाख ३४ हजार ५६९ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशतले कम हो ।
सन् २००६ मा तथ्याङ्क सङ्कलन गर्न थालिएयता सन् २०२० मा विदेशी जनसङ्ख्यामा पहिलोपटक गिरावट आएको र सन् २०२१ मा दोस्रो वर्ष घट्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
विदेशी कामदार, विद्यार्थी र विवाहित आप्रवासीसहित दक्षिण कोरियाली नागरिकता नभएका विदेशी नागरिकको सङ्ख्या गत वर्षको नोभेम्बर १ मा १६ लाख ४९ हजार ९६७ पुगेको थियो । यो सन् २०१९ को तुलनामा २.७ प्रतिशतले कम हो ।
उक्त अवधिमा अङ्गीकृत दक्षिण कोरियालीहरूको पढाइ ५.९ प्रतिशतले बढेर दुई लाख १० हजार ८८० पुगेको छ भने विदेशी नागरिकका छोराछोरीको सङ्ख्या ४.६ प्रतिशतले बढेर दुई लाख ७३ हजार ७२२ पुगेको छ ।
राजधानी सियोल आसपासको ग्योन्गी प्रान्तमा गत वर्ष सात लाख १४ हजार ४९७ विदेशी नागरिक बसोबास गरेका थिए । यो कूल सङ्ख्याको ३३ दशमलव ५ प्रतिशत हो ।
त्यसपछि धेरै विदेशीको बसोबास सियोलमा २० प्रतिशत र पश्चिमी बन्दरगाह शहर इन्चोनमा ६.३ प्रतिशत रहेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया