बिओकेको ‘क्यासब्याक’ योजना थप १५ दिन रहने

काठमाडौंं । बैंक अफ काठमाण्डू लिमिटेडले नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहक महानुभावहरुलाई आवश्यक सरसामान खरिद गर्दा ल्याएको क्यासब्याक योजनालाई निरन्तरता दिएको छ ।
चाडपर्व सकिएपनि यो योजनालाई निरन्तर जारी राखिएको बैंक अफ काठमाण्डूले जनाएको छ ।
‘चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ,’ बैंकले विज्ञेप्ती प्रकाशित गरेर जनाएको छ ।
यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउे बैंककोभ नाई छ ।
यो योजना कार्तिक १५ गतेबाट ३० गतेसम्म मात्र रहने बैंकको भनाई छ ।
विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको बैंकको भनाई छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट यो बैंकले सेवा उपलब्ध गराईरहेको छ।

















पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
व्यावसायिक खेतबाट म्याग्दीका किसानको वार्षिक ३० लाख आम्दानी
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया