सेभियासँग सिटीको पुनरागमन जित

काठमाडौ । सेभियाविरुद्ध ३-१ को पुनरागमन जित सहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको शीर्षस्थानमा रहँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सेभियामाथिको जितसँगै समूह जी को शीर्ष स्थानमा सिटीको १४ अंक रह्यो । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको नौ अंक रह्यो । दुबै क्लब प्रिक्वारटफाइनलमा स्थान बनाएका छन् । यस्तै, तेस्रो स्थानको सेभियाले पाँच अंक जोड्यो भने चौथो स्थानको एफसी कोपनहेगनको तीन अंक रह्यो ।् दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन् ।
३१औं मिनेटमा राफा मिरले गरेको गोलमा सेभियाले अग्रता लिएको थियो । ५२औं मिनेटमा रिको लुइसले सिटीलाई खेलमा फर्काए । लुइसले १७ वर्ष तीन सय ४६ को दिनको उमेरमा सिटीबाट पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका थिए ।
७३औं मिनेटमा अल्भारेजले सिटीकालाई २१ को अग्रता दिलाए । खेल सकिन सात मिनेट बाँकी रहँदा रियाद महारेजले सिटीका लागि तेस्रो गोल गरे ।
त्यस्तै, बोरुसिया डर्टमन्ड र एफसी कोपनहेगनले १-१ को बराबरी खेले ।
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया