रियलमी युआई विजेट को-क्रिएट गर्न सहभागिताको आह्वान

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी युआई विजेटको क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि लिएर सर्व साधारणसमेत सहभागी हुन सक्नेछन् ।
विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानसँग मिलेर नयाँ रियलमी युआई विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्देश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ ।
साथै, यस क्याम्पेनले उपभोक्तालाई रियलमीको भविष्यको युआई विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अदितीय अवसर प्रदान गर्ने छ । यसरी बनाइने नयाँ बिजेट बिल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताको दैनिक प्रयोगको लागि आवश्यक फन्सनालिटीहरु पनि समावेश गरिने छ ।
यस युआई विजेटको मुख्य काम आवश्यक सूचना होम स्किनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागीबाट रोचक र नवीन आइडियाको अपेक्षा गरेको छ ।
यसका लागि को-क्रिएसन टेम्पलेट डाउनलोड गरेर सोही टेम्पलेटअनुसार एन्ट्री र सम्बन्धित डिजाइन पूरा गर्नु पर्ने हुन्छ । पीडीएफ, डीओसी, डीओसीएक्स, पीएजीजस्ता फमयाटका फाइल मान्य हुने छन् ।

















खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
राप्रपाले सिफारिस गरेका यी हुन् समानुपातिक सांसद
प्रतिक्रिया