शनिबार, वैशाख ५, २०८३

सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज

मेरोन्यूज २०८२ चैत ४ गते १३:१६

काठमाडाैं । बलिउड अभिनेता सलमान खानका बुबा तथा पटकथा लेखक सलीम खानलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

९० वर्षीय सलीम खानलाई ब्रेन हेमरेज भएपछि फेब्रुअरी १७ मा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। लगभग एक महिनाको उपचार पछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पताल स्रोतका अनुसार, सलीमकाे परीक्षणमा सामान्य मस्तिष्क रक्तस्राव भएको देखिएपछि सानो शल्यक्रिया (DSA प्रक्रिया) गरिएकाे थियाे। उनलाई केही समयको लागि भेन्टिलेटरमा राखिएको थियो। उनको उमेरका कारण निको हुन केही समय लागेकाे र अहिले उनकाे स्वास्थ्य अवस्थामा उल्लखनीय सुधार आएको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया