शुक्रबार, वैशाख १८, २०८३

युरोपमा आगामी बर्ष ग्यासको अभाव हुनसक्ने

मेरोन्यूज २०७९ कार्तिक १७ गते १८:४१

काठमाडौँ । युक्रेन युद्धका कारण रूसले ग्यासको आपूर्तिमा कटौती गरिरहेको अवस्थामा युरोपले अर्को वर्ष प्राकृतिक ग्यासको अभाव हुन नदिन तत्काल कदम चाल्नु पर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बिहीबार चेतावनी दिएको छ ।

Advertisement
NiccNicc

सन् २०२३ को ग्रीष्म ऋतुमा आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन र भण्डारण स्थललाई पर्याप्त मात्रामा भर्न आवश्यक पर्ने ३० अर्ब घनमिटर ग्यास अभाव हुन सक्ने पेरिसस्थित एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।

आईईएका अनुसार यदि रूसले पाइपलाइनमार्फत् हुने इन्धन आपूर्तिलाई पूर्ण रूपमा बन्द गर्‍यो र चीनले तरलीकृत प्राकृतिक ग्याँसको आयात बढायो भने गयस अभाव हुने छ । युरोपले रूसी आपूर्ति प्रतिस्थापन गर्न चीनमाथि भरोसा गरेको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोधस्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो, तर यो क्षेत्र आगामी हिउँदका लागि भण्डारण स्थलहरू भर्न सक्षम भएको यसअघि बताइएको थियो ।

मस्कोले यस वर्ष युरोपलाई ६० अर्ब घनमिटर ग्यास आपूर्ति गरेको छ । आईईएले एक रिपोर्टमा बताएअनुसार रूसले सन् २०२३ मा त्यति नै रकम उपलब्ध गराउने सम्भावना निकै कम छ र यसले पूर्ण रूपमा आपूर्ति बन्द गर्न सक्छ ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकाय आईईएले आगामी वर्ष अभावको जोखिमबाट बच्न युरोपले ‘तत्काल कदम चाल्नु पर्ने’ बताएको छ ।

प्रतिक्रिया