स्वास्थ्य चौकीमा मतदान केन्द्र, स्थानीयबासीको विरोध

काठमाडौँ । मेचीनगर नगरपालिका १० मा रहेको प्राथमिक धुलाबारी स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयबासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
स्वास्थ्य चौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् । मेचीनगर १० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइदिन आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘आँखैअगाडि देखेको यो घटनाले जीवनभर घोचिरहने छ, अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस् ।’ झापा १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाएकी छन् ।
उनले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहोर्याएको भन्दै आपत्ति जनाएकी हुन् । उनले हरेक नागरिकको २४ घण्टै पाउनु पर्ने स्वास्थ्योपचारको अधिकारमाथि निर्वाचन कार्यालयले हनन गरेको आरोप लगाइन् ।
क्षेत्र नं १ का निर्वाचन अधिकृत टङ्कबहादुर महतले स्वास्थ्य केन्द्रलाई मतदान केन्द्र बनाउनु उचित नभए पनि तत्काल विकल्प नभएको बताए । उनले भने, “पहिलादेखि नै कसरी रह्यो, पहिल्यै सुधार गर्नुपथ्र्यो । अब ठाउँ तोकिएको स्थानबाट ठाउँ सार्न पाइँदैन, अर्को उपाय छैन ।”
उनले स्वास्थ्य केन्द्रमा मतदान केन्द्र बनाउँदा बिरामीलाई असर पर्नेमा आफू चिन्तित भए पनि तत्काल केही गर्न नसकिने बताएका थिए । झापामा २८५ मतदानस्थल र सात सय ५५ मतदान केन्द्र रहेका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया