दिक्तेलमा सडक ढलान कार्यले पायो तीव्रता

दिक्तेल । रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ । उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको रु ५६ लाख ६४ हजारको लागतमा ढलान सुरु गरिएको हो ।
आगामी पुस ३० गतेभित्र सम्पन्न गर्ने गरी गत असोजमा सम्झौता भएको सडक ढलानको काम ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताए । सोही रकमले अल्छेढुङ्गाबाट अस्पतालसम्मको सडकमा बिग्रिएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने जनाइएको छ ।
यस्तै सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकमा ट्र्याक खोलिने, हेलिप्याडसम्म सडक पुर्याउने सम्झौतामा उल्लेख छ ।
ढलान भइरहेको सडक अनुगमनका क्रममा गुणस्तरीय रहेको वडा नं १ का वडाध्यक्ष नवराज राईले बताए । तीव्र गतिमा ढलान भइरहेको उक्त सडक तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।
क्तेल बजारको बीचमा पर्ने सडक ढलान भइरहेकाले उक्त सडकमा सवारी साधन आवतजावत बन्द छ । मुख्य सडक बन्द भएपछि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयलगायत सरकारी कार्यालय आवतजावत गर्न लोकसेवा अगाडिको सडक प्रयोग हुँदै आएको थियो ।
लोकसेवा कार्यालय अगाडिको सडक कच्ची एवम् हिलाम्मे हुँदा धेरै पटक मोटरसाइकल, टेम्पोलगायत सवारी साधन दुर्घटना हुने गरेको थियो । सो सडक ढलान भएपछि सवारी साधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।रासस

















कुलमान घिसिङले गरे मतदान
प्रचण्डले चितवनबाट गरे मतदान: अब हेलिकप्टरमार्फत रुकुम पूर्व जाने तयारी
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
टि २० विश्वकप :दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्यो न्युजिल्याण्ड
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया