बुधबार, चैत ४, २०८२

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

मेरोन्यूज २०७९ कार्तिक २० गते ११:१६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, बरेला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै अमला, डल्लो फर्सी, लप्सी, भिण्डी, तरुल, ठूलो नेपाली गोलेभडा र हाइब्रिड घिउ सिमी प्रतिकेजी ७५ रुपैयाँ, अम्बा १५५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ३३ पैसा, सेतो आलु ५७ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली, सखरखण्ड, मकै बोडी र लोकल घिउ सिमी ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल काँक्रो ११० रुपैयाँ, कागती १५० रुपैयाँ, अकबरे खुर्सानी ११५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ र गुन्द्रुक ३२५ रुपैयाँ रहेको छ । घिरौँलाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, चम्सुरको साग १६५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, छडी माछा २४५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग, पिंंडालू, निबुवा र परवर ४५ रुपैयाँ, पार्सले ६५० रुपैयाँ, सुकेको प्याज ५७ रुपैयाँ, पुदीना ४५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ रहेको छ ।

यसैगरी, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली ११५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, मेथीको साग १६५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६५ रुपैयाँ, सुकेको चाइनिज लसुन १४५ रुपैयाँ, हरियो लसुन ८५ रुपैयाँ, सखरखण्ड ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, सलगम ८५ रुपैयाँ, सौफको साग १६५ रुपैयाँ, सेलरी ३२५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ७५ रुपैयाँ र हरियो धनिया १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया