बुधबार, चैत ४, २०८२

पैसा दिन नसकेपछि देउरालीले बचतकर्तालाई दिन थाल्यो जग्गा

मेरोन्यूज २०७९ कार्तिक २० गते १७:१५

काठमाडौँ । केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ठूला बचतकर्तालाई जग्गा दिन सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

वित्तीय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीले देउरालीले बचतकर्ताको रकम फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विवादका बीच सहकारीले शेयर सदस्यको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो ।

सोही प्रतिबद्धताको कार्यन्वयन स्वरुप बचतकर्तालाई जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइले प्रेस विज्ञप्ती जारी गर्दै बताए । जनताले रातदिन मिहिनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको चौलागाईंले बताएका छन् ।

उनले चालु पुँजी अभावमा जग्गा दिने बचन दुइ महिना अघि सदस्यहरुको भेला गरेर गरेका थिए । सहकारी समस्यामा परेपछि केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको देउरालीले बताएको छ ।

सबै बचतकर्ताको रकम सुरक्षित होस् भनेर जग्गा पास गर्ने समयभन्दा अगाडि नै रविन्द्र चौलागाईंले ठूला बचतकर्तालाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षणबापत चेक हस्तान्तरण गरेका थिए । साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ ।

प्रतिक्रिया