चीनले अन्तरिक्षमा बाँदर पठाउने

बेइजिङ / चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन गर्छन र हुर्कन्छन भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बादर पठाउन लागेको हो । वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।
माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि “अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन वा प्रजनन गर्छन भन्ने बारे केही अध्ययनहरू गरिने’, झाङले बताए । उनी विश्वास गर्छन कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।
तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया