यसरी पूरा भयो ७ फिट अग्ली युवतीको विमान चढ्ने सपना

न्युयोर्क / संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा विमानलाई अनुकूल बनाएपछि ७ फिट ०७ इन्च अग्ली महिलाको विमान चढ्ने सपना पूरा भएको हो । २४ वर्षीया गेल्गीले पहिले कहिल्यै विमानमा यात्रा गरेकी थिइनन् । उनी बाल्यकालमा पनि एयरलाइन सिटमा बस्न नसक्ने अग्ली थिइन् ।
तर, अहिले उनी विदेश यात्रा गर्न सक्षम भएकी छिन् । विमानमा ६ वटा सिट हटाएर गेल्गीलाई आरामसाथ उड्नका लागि अनुमति दिन विशेष रूपमा निर्मित स्ट्रेचर तयार पारिएको थियो ।
क्यालिफोर्नियामा अवतरण गरेपछि इन्स्टाग्राममा पोष्ट गर्दै उनले भनिन्, ‘सुरुदेखि अन्त्यसम्मको निर्दोष यात्रा… यो मेरो पहिलो विमान यात्रा थियो तर पक्कै पनि यो मेरो अन्तिम हुनेछैन… मेरो यात्राका लागि प्रत्येक व्यक्तिलाई हृदयदेखि धन्यवाद । ’
गेल्गीले सफ्टवेयर विकासमा आफ्नो करिअरलाई अगाडि बढाउन सान फ्रान्सिस्कोको यात्रा गरिन । उनले विभिन्न कार्यक्रमहरूलाई बढावा दिन गिनिज वल्र्ड रेकर्डसँग समन्वय गर्नेछिन् ।
गिनिज वल्र्ड रेकर्ड प्रमाणपत्र प्राप्त गरेपछि, गेल्गीले भनेकी थिइन्, ’हरेक बेफाइदालाई आफ्नो लागि फाइदामा परिणत गर्न सकिन्छ, त्यसैले तपाई जे हुनुहुन्छ त्यसको लागि आफैलाई स्वीकार गर्नुहोस् । आफ्नो क्षमताको बारेमा सचेत हुनुहोस् र सक्दो प्रयास गर्नुहोस्।’

















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया