नौ वाणिज्य बैंकले लाभांश घोषणा, कुन बैंकको कति ?
काठमाडौँ । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयर धनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।
आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।
नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयर धनीलाई कूल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयर धनीले पाउनेछन् ।
कुन बैंकको कति ?
गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले शेयर धनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयर धनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।
यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका नौ वाणिज्य बैंकमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ ।

















लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया