सेयर बजार गिरावट, कारोबार रकम बढ्यो
मेरोन्यूज
२०७९ कार्तिक २१ गते १६:०४
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ । आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से सोमबार घटेको हो ।
सोमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ । आज कारोबार रकम बढेको छ ।
दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
सम्बन्धित

















फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
Helicopter mishap in Khotang: Six rescued and brought to Kathmandu
खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया