शनिबार, वैशाख १९, २०८३

‘उत्तर कोरियाले रुसलाई हतियार पठाएको छैन’

मेरोन्यूज २०७९ कार्तिक २३ गते ६:५१

काठमाडौं । उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै उसले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ ।

Advertisement
NiccNicc

गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए । 
उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत ढुुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानीहरू प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए । अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खन्डन गरेको हो । 

प्रतिक्रिया