मंगलबार, माघ १३, २०८२

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक २३ गते १६:३९

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरी, बिष्णुपुर गाउँपालिका- १ कशहा खोलास्थित सडकमा मंगलबार बिहान प्र. २-०१-००१प ७४२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका-९ मौहकी बस्ने २३ वर्षीय दयानन्द साहको मृत्यु भएको छ ।

उक्त मोटरसाइकलले साइकललाई ठक्कर दिई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना र साइकल चालकको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

तनहुँ, ब्यास नगरपालिका-१ खकौली बस्ने २८ वर्षीय कमल दरैको आफ्नै बारीमा लु.३ त १३३५ नम्बरको ट्याक्टर जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्यापीदा मंगलबार बिहान मृत्यु भएको छ । च्यापीएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, चितवन, कालिका नगरपालिका-३ गणेश चोकमा ना.२३ प ३०९३ नम्बरको मोटरसाइकलले साइकललाई मंगलबार बिहान ठक्कर दिँदा साईकलयात्री कालिका नगरपालिका-३ बस्ने ७० वर्षीय कृष्ण प्रसाद कोइरालाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते मोटरसाइकल चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया